पूर्वी नवलपरासीको बुलिङ्टार, बौदीकाली लगायतका पहाडी भेगमा सरकारले तोकेको भन्दा बढी भाडा असुल हुँदासमेत प्रशासनले नियमन नगरेको भन्दै बुलिङ्टार गैडाकोट सम्पर्क समाज र डाँडाझेरी गैंडाकोट विकास समाजले ध्यानाकर्षण गराएका हुन् ।
नवलपुर — जिल्लाको पहाडी भेगमा यातायात सञ्चालन गर्ने व्यवसायीले तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै स्थानीयले प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
पूर्वी नवलपरासीको बुलिङ्टार, बौदीकाली लगायतका पहाडी भेगमा सरकारले तोकेको भन्दा बढी भाडा असुल हुँदासमेत प्रशासनले नियमन नगरेको भन्दै बुलिङ्टार गैडाकोट सम्पर्क समाज र डाँडाझेरी गैंडाकोट विकास समाजले ध्यानाकर्षण गराएका हुन् ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै स्थानीयले सडक कालोपत्र भएको वर्षौं हुँदासमेत कच्ची सडकको भाडादरभन्दा पनि बढी रकम लिने गरेको डाँडाझेरी गैंडाकोट विकास समाजका अध्यक्ष दुर्गाबहादुर मश्राङ्गी मगरले बताए ।
कालिगण्डकी करिडोर निर्माण भैसकेको अवस्थामा चर्को भाडादर लिएको भन्दै तत्काल दोषीलाई कारबाही गर्न र सरकारले तोकेको भाडादर लागू गर्न माग गरिएको छ । गैंडाकोटदेखि बुलिङ्टार ५० किलोमिटरको ४ सय र ७० किलोमिटरको ५ सय भाडा लिँदै आएको स्थानीयको गुनासो छ ।