चाडपर्व लक्षित सहुलियत पसल संचालनमा

प्रतिकेजी ५ रुपैयाँ छुटमा चामल बिक्री सुरु ।

भाद्र ३१, २०८२

हरिराम उप्रेती

A festively targeted concession shop in operation

गोरखा — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चाडपर्व लक्षित गरी खाद्यान्न सहुलियत पसल संचालनमा ल्याएको छ । दसैं, तिहार, छठ लगायत चाडपर्वलाई लक्षित गरेर सोमबारबाट सहुलियत पसल संचालनमा ल्याइएको हो ।

गोरखा नगरपालिका–६ स्थित शाखाको कार्यालय तथा चुमनुव्री–३ सिर्दिवासस्थित फिलीमा संचालन गरिएको पसलबाट प्रतिकेजी ५ रुपैयाँ छुटमा चामल बिक्री हुने कार्यालयकी प्रमुख रजना कुँवरले बताइन् ।

गोरखा शाखाबाट प्रतिकेजी ९० रुपैयाँ पर्ने स्टिम जिरा मसिनो चामल ८५ र प्रतिकेजी ६५ रुपैयाँ पर्ने अरुवा सोना मन्सुली चामल ६० रुपैयाँमा बिक्री गरिएको उनले बताइन् । त्यस्तै खाद्यको सिर्दिवास डिपोबाट ९२ रुपैयाँ प्रतिकेजी पर्ने स्टिम जिरा मसिनो चामल ८७ र ६५ रुपैयाँ प्रतिकेजी पर्ने अरुवा सोना मन्सुली चामल ६० रुपैयाँमा बिक्री हुनेछ । खाद्यान्न छुट मूल्य पसल कात्तिक १० गतेसम्म संचालनमा रहनेछ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully