कर्फ्यु आदेशपछि कावासोतीको हात्तिखोर ब्यारेकबाट झरेको सेनाको टोली जिल्ला प्रहरी कार्यालय हातामा बसेको छ ।
नवलपरासी — कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालको निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
चारतला रहेको मेयरका घरका सबै समान बाहिर निकालेर आगो लगाइएको थियो । कावासोती नगर कार्यालयमा पनि आगजनी भएको छ ।
कर्फ्यु आदेशपछि कावासोतीको हात्तिखोर ब्यारेकबाट झरेको सेनाको टोली जिल्ला प्रहरी कार्यालय हातामा बसेको छ ।
दिउँसो साढे १ बजेदेखि मेयरको घरभित्र प्रवेश गरेका प्रदर्शनकारीले सामान बाहिर निकालेर आगजनी गरेका हुन् । मेयर भुसालको घर कावासोतीको मुख्य बजारस्थित महेन्द्र राजमार्गमा जिल्ला प्रहरी कार्यालयबाट ३ सय मिटर नजिक छ ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले कावासोती क्षेत्रमा साढे २ बजेदेखि कर्फ्यु आदेश जारी गरेका छन् ।
