प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले प्रहरीले शान्ति सुरक्षा दिन नसकेको अवस्थामा सेना परिचालन गरेर कर्फ्यु आदेश जारी गरेको बताए ।
नवलपरासी — जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले अहिले दिउँसो साढे २ बजेबाट गैंडाकोटदेखि दुम्कीवाससम्मको ६० किलोमिटर क्षेत्रमा कर्फ्य आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले प्रहरीले शान्ति सुरक्षा दिन नसकेको अवस्थामा सेना परिचालन गरेर कर्फ्यु आदेश जारी गरेको बताए । उनले महेन्द्र राजमार्गका सबै मुख्य बजार र त्यसको एक/एक किलोमिटर दायावाया हिँड्डुल गर्न नपाइने आदेश गरेको सुनाए ।
सदरमुकाम र विभिन्न पालिकामा मेयरहरुको घर तोडफोड र पार्टी कार्यालयमा जेनजी आन्दोलनकारीले मंगलबार आगजनी गरेपछि प्रशासनले कर्फ्यु लगाएको हो ।
