त्रिशूली नदी किनारमा महिलाको शव भेटियो

घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा नेतृत्वको टोली खटिएको छ ।

भाद्र १७, २०८२

हरिराम उप्रेती

A woman's body was found on the banks of Trishuli river

गोरखा — गण्डकी गाउँपालिका–८ बर्खेघाटस्थित त्रिशूली नदी किनारमा एक महिलाको शव भेटिएको छ । 

नुवाकोट विदुर नगरपालिका–८ की ५१ वर्षीय उमादेवी भट्टको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बताए ।

शव त्रिशूली नदीले बगाएर ल्याएको प्रहरीले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्मा नेतृत्वको टोली खटिएको छ ।

शवको पहिचान भइसकेको र घटनास्थल मुचुल्का लगायतको काम भइरहेको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully