छोनाम पर्वको अवसरमा भदौ २२ गते गण्डकी गाउँपालिकामा बिदा

गाउँ कार्यपालिकाको १४२ औं बैठकले चेपाङ समुदायको चाड छोनामका अवसरमा २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भाद्र १६, २०८२

हरिराम उप्रेती

Holiday in Gandaki Rural Municipality on 22nd of August on the occasion of Chonam festival

गोरखा — चेपाङ समुदायको चाड(छोनाम) न्वागी पर्वको अवसरमा गण्डकी गाउँपालिकाले भदौ २२ गते सार्वजनिक बिदा दिएको छ । गाउँ कार्यपालिकाको १४२ औं बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

भदौ २२ गते गाउँपालिकाको कार्यलय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय लगायतका सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी जानकारी गराएको छ ।

गोरखाको सहिद लखन गाउँपालिका र गण्डकी गाउँपालिकामा चेपाङ समुदायको बसोबास रहेको छ । सहिद लखन गाउँपालिका–४ ताक्लुङ, गण्डकी गाउँपालिकाको ताङलीचोक, मकैसिङ, भुम्लीचोक, घ्याल्चोकमा बसोबास गर्ने चेपाङ समुदायले न्वागी पर्व विशेष उत्सवको रुपमा मनाउने गर्दछन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully