मोर्चामा आबद्ध कार्यकर्ताले सरकारविरोधी नारा लगाउँदै परासी बजार परिक्रमा गरेका थिए । मोर्चका कार्यकर्ता सम्मिलित जुलुसले सदरमुकाम परासीबजार परिक्रमा गरेपछि बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
नवलपरासी — सरकारले ल्याएको भूमि विधेयकविरुद्ध परासीमा प्रदर्शन भएको छ । संघीय लोकतान्त्रिक मोर्चाका समर्थकले शनिबार सदरमुकाम परासीमा विरोध प्रदर्शन गर्दै सरकारले संसद्मा पेस गरेको भूमि विधेयकको प्रतिलिपि जलाएका हुन् ।
मोर्चामा आबद्ध कार्यकर्ताले सरकारविरोधी नारा लगाउँदै परासी बजार परिक्रमा गरेका थिए । मोर्चका कार्यकर्ता सम्मिलित जुलुसले सदरमुकाम परासीबजार परिक्रमा गरेपछि बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभाका वक्ताले भूमि विधेयक पास भई कानुनको रुपमा लागू भए मधेसलाई भरुभूमिमा परिणत गराउने दाबी गरेका थिए । यो विधेयकले नेपालका भू माफियाहरुलाई फाइदा पुग्ने भन्दै त्यसकाविरुद्ध तराई/मधेसका सबै एक हुनुपर्नेमा उनीहरुले जोड दिए ।
बुद्धचोकमा भएको विरोधसभामा नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, जनता प्रगतिशील पार्टीका अध्यक्ष राधेरमण पाण्डे लोकतान्त्रिक समाजवादी पार्टी जिल्ला अध्यक्ष मुकुरजी गिरीलगायतले भूमि विधेयकको विरोध गरेकै कारण जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई गौर घटना ब्युँत्याएर फसाउन खोजेको दाबी गर्दै त्यसविरुद्ध सशक्त आन्दोलन सुरु भएको बताए ।
प्रतिनिधिसभाबाट पास भएर राष्ट्रिय सभामा पुगेको यो भूमि विधेयकले घरजग्गा व्यवसायीले हदबन्दीभन्दा धेरै जग्गा राखेर व्यवसायमार्फत बिक्री गर्न र त्यसमा बनेका आवास घरलगायतका संरचना बेच्न पाउने व्यवस्था छ । भूमाफियाको आडमा ल्याइएको दाबी गर्दै उनीहरुले यो विधेयकविरुद्ध सशक्त प्रतिकार गर्ने चेतावनी दिएका छन् ।
