खोलाले बगाएको भेडा निकाल्न खोज्दा चिप्लिएर बेपत्ता घले मृत भेटिए

किस्वारा खोलाको काठे पुलबाट बगाएको भेडा निकाल्न खोज्दा घले पनि चिप्लिएर खोलामा बेपत्ता बनेका थिए ।

भाद्र १३, २०८२

हरिराम उप्रेती

While trying to rescue a sheep that had been washed away by the river, it slipped and was found dead

गोरखा — खोलाले बगाएको भेडा निकाल्न खोज्दा चिप्लिएर बेपत्ता बनेका बारपाक सुलिकोट गाउँपालिका–१ का ६० वर्षीय अर्जुन घले मृत भेटिएका छन् ।

शुक्रबार बारपाक सुलिकोट–१ किस्वारा खोला नजिकै रहेको गोठबाट भेडाहरू बसपार्कतर्फ ल्याउने क्रममा काठेपुलबाट चिप्लिएर एक भेडा खोलाले बगाएको थियो । किस्वारा खोलाको काठे पुलबाट बगाएको भेडा निकाल्न खोज्दा घले पनि चिप्लिएर खोलामा बेपत्ता बनेका थिए । 

स्थानीय र प्रहरीले खोजी गर्दा काठेपुलबाट ३० फिट तल खोचमा घले मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । घटनास्थल प्रहरीचौकी बारपाकबाट पैदल दुई घण्टाको उत्तरमा पर्छ । घटनाको अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully