शाखाको पाटेचौरमा रहेको कार्यालयमा भएको दिप प्रज्वलनमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, जिल्ला प्रहरी प्रमुख एसपी भरत विक लगायतको सहभागिता थियो ।
गोरखा — मानव सेवा आश्रम गोरखा शाखा १३ वर्ष पूरा भई १४ औं वर्षमा प्रवेश गरेको छ । आश्रमको १३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार आश्रमले दिप प्रज्वलन गरेको छ ।
शाखाको पाटेचौरमा रहेको कार्यालयमा भएको दिप प्रज्वलनमा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा, गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, जिल्ला प्रहरी प्रमुख एसपी भरत विक लगायतको सहभागिता थियो । आश्रमका संस्थापक गोरखा खोप्लाङका राम्जी अधिकारीले २०६९ भदौ १३ गते हेटौंडामा ५ जना बेसहारा वृद्धवृद्धालाई संरक्षण गरेर आश्रम स्थापना गरेका थिए ।
हेटौंडाबाट सुरु भएको मानवता र सेवाभावको अभियान नेपालभर फैलिएको मानवसेवा आश्रम गोरखाकी संयोजक संभावनाले बताइन् । उनका अनुसार हाल नेपालको ७ वटै प्रदेशको २१ जिल्लाको २७ सेवा केन्द्रमार्फत आश्रमले सेवा दिइरहेको छ । देशभरका शाखामा हाल दुई हजार बेसहारा बालबालिका र वृद्धवृद्धा आश्रित छन् । आश्रम स्थापनापछि १२ हजार बढी उद्धार भइसकेको पनि उनले बताइन् । उद्धार गरिएकामध्ये ५ हजारभन्दा बढीको पारिवारिक पुनर्मिलन गरिएको आश्रमले जनाएको छ ।
