धापमा भासिएर गैँडाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको छ, खाग र खुर भने सुरक्षित छन्।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Death of a rhinoceros due to the heat

नवलपुर (नवलपरासी) — कावासोती–१५ गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वन नजिक धापमा भासिएर एउटा पोथी गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । 

निकुञ्जका संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार  पानी खान गएको गैँडाको दलदलमा फसेर आज बिहान ज्यान गएको हो । गैँडाको खाग र खुर सुरक्षित छ ।

पछिल्लो राष्ट्रिय गैँडा गणनाअनुसार सन् २०२१ मुलुकमा ७५२ वटा गैँडा छन् । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully