कांग्रेसका नगर सभापति रास्वपा प्रवेश

तीनदिनअघि आफ्नै नगर कमिटीका उपाध्यक्ष जितु थापालाई कार्यवहाक सभापतिको जिम्मेवारी सुम्पिएर भण्डारी रास्वपा प्रवेश गरेका हुन् ।

भाद्र ६, २०८२

नारायण शर्मा

Congress city president RSVP entry

नवलपरासी — कांग्रेस मध्यबिन्दु नगर कमिटीका सभापति दोमन भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । सभापति भण्डारी बिहीबार रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गरेका हुन् ।

तीनदिनअघि आफ्नै नगर कमिटीका उपाध्यक्ष जितु थापालाई कार्यवहाक सभापतिको जिम्मेवारी सुम्पिएर भण्डारी रास्वपा प्रवेश गरेका हुन् । भण्डारीले लगातार दुई कार्यकाल कांग्रेसको मध्यबिन्दु नगर कमिटीको सभापतिको जिम्मेवारी सम्हालेका थिए । 

उनको घरमै कांग्रेस नगर समितिको कार्यालय थियो । 

भण्डारीले पद हस्तान्तरण गरेर घरमै रहेको पार्टी कार्यालयको तालाचाबीसमेत बुझाएर पार्टी परित्याग गरेको कांग्रेस नवलपरासीका उपसभापति चन्द्रबहादुर रानाले बताए । 

रास्वपा प्रवेश गरेका भण्डारी फुटबल खेलाडीसमेत हुन् । यसअघि कांग्रेस महासमिति सदस्य गोकुल सापकोटा र ट्रेड यूनियन कांग्रेसका केन्द्रीय उपाध्यक्ष ललित श्रेष्ठ पनि रास्वपामा गएका थिए ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully