साउन ३१ गते साँझको समयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तमार्फत आएको जाहेरीका आधारमा युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
गोरखा — नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गण्डकी गाउँपालिका–६ का २१ वर्षीय विमल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।
साउन ३१ गते साँझको समयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तमार्फत आएको जाहेरी दरखास्तको आधारमा आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसी इन्द्रप्रसाद सुवेदीले बताए । आरोपितविरुद्ध जिल्ला अदालत गोरखाबाट म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
