बसमा सवार २५ जनामध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए।
नवलपुर — पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पुर्वी नवलपरासीको कावासोतीमा यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छ्न्।
कावासोती डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ७७७६ नम्बरको बस आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। बसमा सवार २५ जनामध्ये १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए।
घाइतेको स्थानीय स्वास्थ संस्था र भरतपुरमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।
