उद्धारपछि तङ्ग्रियो ‘लियो’ [तस्बिरहरु]

विजोगपूर्ण अवस्थामा उद्धार गरी कास्की पुर्‍याइएको चितुवाको बच्चाको नाम ‘लियो’ राखिएको थियो । डिभिजन वन कार्यालय गोरखाले आमा गुमाएको उसलाई उद्धार गर्नेबेला बाँच्ला जस्तो ठानेका थिएनन् ।

श्रावण २६, २०८२

हरिराम उप्रेती

Tangrio 'taken' after rescue [Photos]

What you should know

गोरखा — गत माघ तेस्रो साता पालुङटार नगरपालिका–७ मिरकोटस्थित देउराली पाखा सामुदायिक वनको कालोपहरामा चितुवाको बच्चा कराएर हैरान बनाएपछि स्थानीयले डिभिजन वन कार्यालयलाई खबर गरे । कराइरहेको बच्चाको उद्धारका लागि वन कार्यालयको टोली वन क्षेत्रमा पुग्दा अन्य दुई चितुवा मृत अवस्थामा भेटिए ।

दुई मृत चितुवाको बीचमा बसेर अर्को चितुवा कराइरहेको थियो । मृत वयस्क माउ र बच्चा चितुवालाई उद्धार टोलीले पोस्टमार्टमका लागि वन कार्यालयमा ल्यायो । सँगै अति विजोगपूर्ण अवस्थामा रहेको तिन साताको बच्चा चितुवाको पनि उद्धार भयो ।

‘मृत वयस्क माउको दुई बच्चा रहेछ, वयस्क माउ भाले चितुवासँग जुध्दा मरेको पोस्टमार्टम पछि थाहा भयो, माउ चितुवा अर्कोसँग जुध्दा एउटा बच्चा मरेको र एउटा निकै दयनीय अवस्थामा रहेको भेट्यौँ,’ डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शाण्डिल्यले भने,‘तीन साताको भाले बच्चा जीवित रहे पनि भोको र चोट लागेको थियो, माउ करिब दुई दिन अघि मरेपछि आहारा पाएको थिएन, मरेको माउसँग टाँसिएर बसेको थियो, उद्धार गर्दा पनि झट्ट हेर्दा बाच्छ जस्तो लागेको थिएन ।’

Tangrio 'taken' after rescue [Photos]

सुरुको दुई दिन कार्यालयमा आहारा दिँदा पनि खान नमान्ने र अवस्था जटिल बन्दै गएपछि कार्यालयले उपचारका लागि पचभैया वन्यजन्तु उद्धार केन्द्र कास्की पठायो । ‘उद्धार केन्द्रका डाक्टरहरुले पनि सुरुमा बाँच्छ जस्तो मानेका थिएनन्,’ उनले भने, ‘निगरानीमा उपचार पछि अहिले चितुवा निकै राम्रो भएको छ ।’ दयनीय अवस्थामा कास्की पुर्‍याइएको तिन साताको चितुवाको उद्धार केन्द्रमा ‘लियो’ नाम राखिएको थियो । 

Tangrio 'taken' after rescue [Photos]

उही लियो अहिले ६ महिना पूरा भएको छ । उद्धार केन्द्रको चिकित्सकको उपचारपश्चात अहिले लियो ‘फिरेको’ शाण्डिल्यले बताए । ‘यसरी दयनीय अवस्थामा भेटिएको ५० प्रतिशत बच्चा हुर्काउँदा मर्दो रहेछन्, तर मिरकोटबाट उद्धार गरी पठाएको चितुवा अहिले निकै राम्रो भएको छ,’ उनले भने,‘उद्धार गर्दा एक केजी तिन सय ग्रामको थियो, अहिले १२ किलो पुगेको जानकारी पाएका छौँ, तौल र साइज अन्य चितुवाको जस्तै छ ।’

Tangrio 'taken' after rescue [Photos]

उद्धार केन्द्रको नियमित निगरानीमा दयनीय अवस्थाको चितुवा फिरेको उनले बताए । ‘उद्धार केन्द्रमा पनि दूध र जाउलो खुवाएर नै नियमित निगरानी र उपचार भएको रहेछ,’ उनले भने । चितुवा फिरेपछि प्राकृतिक वासस्थानमा छाड्नका लागि छलफल पनि चलिरहेको उनले सुनाए ।

गत आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले लियोसहित तिन वटा चितुवाको जीवित उद्धार गरेको थियो । दुई वटा चितुवालाई पनि प्राकृतिक वासस्थानमा छाडिसकिएको छ । गत आर्थिक वर्ष तिन वटा चितुवा भने मृत अवस्थामा भेटिएको थियो । कार्यालयले गत आर्थिक वर्ष ५ वटा स्तनधारी, दुई पक्षी र दुई सरिसृपको उद्धार गरेको थियो ।

Tangrio 'taken' after rescue [Photos]

Tangrio 'taken' after rescue [Photos]

Tangrio 'taken' after rescue [Photos]

Tangrio 'taken' after rescue [Photos]

Tangrio 'taken' after rescue [Photos]

Tangrio 'taken' after rescue [Photos]

Tangrio 'taken' after rescue [Photos]

Tangrio 'taken' after rescue [Photos]

Tangrio 'taken' after rescue [Photos]

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully