मादी नदीमा बगेर एक जना बेपत्ता

पिकनिक गएका उनलाई पौडी खेल्ने क्रममा नदीले बगाएको थियो ।

श्रावण २४, २०८२

रासस

One person is missing after being washed away in Madi river

तनहुँ — तनहुँको व्यास नगरपालिका–७ दुलेँपानीस्थित मादी नदीले बगाएर शनिबार एक जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा व्यास नगरपालिका–१ अम्रेनी बस्ने ४० वर्षीय हरि परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बेपत्ता परियार नेपाल दूरसञ्चार प्राधिकरण दमौलीमा कार्यरत थिए । उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए । पिकनिक गएकामध्ये तीन जना मादी नदीमा पौडी खेल्न गएका थिए । पौडी खेल्ने क्रममाउनलाई पानीले बगाएको थियो । 

रासस

Link copied successfully