पैँसठ्ठी मोडमा गाडी फस्दा दाउन्नेमा एकतर्फी यातायात सञ्चालन 

पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधन ठप्प भए पनि बर्दघाटबाट दुम्किबास आउने सवारी सञ्चालनमा रहेको प्रहरीको जानकारी।

श्रावण २३, २०८२

नवीन पौडेल

One-way traffic operation in Daunne when the vehicle gets stuck in Paishati turn

परासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने पैँसठ्ठी मोडमा मालवाहक सवारी फसेपछि दुम्किबास-बर्दघाट सडक खण्ड एकतर्फी मात्र सञ्चालन भएको छ । शुक्रबार बिहान विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर-२ पैंसठ्ठी मोडनजिकै वर्षाका कारण सडक हिलो र चिप्लो हुँदा भारतीय नम्बरका दुई वटा गाडी फसेका हुन् । 

पूर्वबाट पश्चिमतर्फ जाने सवारी साधनहरू सञ्चालन हुन नसके पनि बर्दघाटबाट दुम्किबासतर्फ आउने सवारी भने चलेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए ।

एकतर्फी सवारी चले पनि सवारीको लामो जाम लागेको छ । सामान्य वर्षामा पनि सडक चिप्लो भएर यातायात प्रभावित हुँदा यो खण्ड भएर यात्रा गर्ने यात्रुले सास्ती भोग्नु परेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully