हिलो सुकेपछि दाउन्नेमा यातायात सञ्चालन

बिहीबार बिहान ८ बजेदेखि अवरुद्ध भएको सडक हिलो सुकेपछि यातायात सहजरूपमा सञ्चालनमा आएको हो ।

श्रावण २२, २०८२

नवीन पौडेल

After the mud has dried up, the transport operation in Daunne

नवलपरासी — सडक चिप्लो हुँदा मालबहाक सवारी उकालो उक्लन नसकेर अवरुद्ध बनेको पूर्वी नवलपरासीको दाउन्नेमा यातायात सञ्चालनमा आएको छ ।

बिहीबार बिहान ८ बजेदेखि अवरुद्ध भएको सडक हिलो सुकेपछि यातायात सहजरूपमा सञ्चालनमा आएको हो । 

पूर्व-पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्‍वकर्मा मन्दिर नजिकै सवारी फस्दा दाउन्ने खण्डमा सवारीको लामो जाम लागेको थियो । अहिले हिलो सुकेपछि यातायात सञ्चालन सहज भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख जनक बन्जराले बताए ।  

सोमबार बेलुका केही घण्टा यातायात सञ्चालन भए पनि मंगलबार बिहानबाट फेरि सडक अवरुद्ध भएको थियो । बुधबार दिनभर सहज भएको यातायात बिहीबार बिहान फेरि अवरुद्ध भएपछि यात्रु घन्टौँसम्म जाममा बस्नु परेको थियो । 

सामान्य वर्षा हुनासाथ सडक चिप्लो हुने र सडक भासिने समस्याको कारण दाउन्नेमा यात्रुले वर्षौंदेखि सास्ती भोग्दै आएका छन् । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully