दाउन्नेमा गाडी फस्दा आवागमन नै ठप्प

वर्षा र चिप्लो सडकका कारण दाउन्नेमा यातायात ठप्प भएको हो ।

श्रावण २०, २०८२

नारायण शर्मा

When the vehicle got stuck in the road, the traffic stopped

नवलपरासी — पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्ने सडकखण्डमा यातायात ठप्प भएको छ । मंगलबार बिहान वर्षाका कारण विश्वकर्मा मन्दिर उकालोमा गाडी फस्दा सवारीसाधन रोकिएका हुन् ।

प्रहरीका अनुसार बिहानदेखि वर्षा भइरहेकाले उकालोमा राजमार्ग चिप्लो भएर यातायात रोकिएको हो । दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर सोमबार ग्राभेल राखे पनि आवागमन सहज हुन सकेको छैन ।

हिलोका कारण फसेका गाडी निकाल्न नसक्दा राजमार्ग ठप्प भएको चालकहरुले बताएका छन् । प्रहरीले वर्षा रोकिएपछि ग्राभेल राखेर यातायात खुलाउने प्रयास हुने जानकारी दिएको छ । दाउन्नेमा सामान्य वर्षा हुनासाथ आवगमन ठप्प हुने गरेको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully