दाउन्नेको विश्‍वकर्मा मन्दिर नजिक दुईतर्फी यातायात अवरुद्ध  

हिलो र सडक चिप्लो हुँदा जाममा परेका यात्रु पहिरो खसेपछि थप चिन्तामा परेका छन् ।

श्रावण १९, २०८२

नवीन पौडेल

Two-way traffic blocked near the Vishwakarma temple in Downe

नवलपरासी — वर्षाका कारण पहिरो खसेपछि पूर्वी नवलपरासीको दाउन्नेमा सडक अवरुद्ध भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत विनयी त्रिवेणी गाउँपालिका-२ विश्‍वकर्मा मन्दिर नजिकै पहिरो खस्दा यातायात अवरुद्ध भएको हो ।

यसअघि बिहान हिलो, चिप्लो र खाल्डोका कारण एकतर्फी मात्र सञ्चालन भएको यातायात पहिरो खसेपछि दुईतर्फी नै बन्द भएको  जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी मधु नेपालले बताए । 

हिलो र सडक चिप्लो हुँदा जाममा परेका यात्रु पहिरो खसेपछि थप चिन्तामा परेका छन् । पानी पर्न रोकिएपछि पहिरो हटाउने काम हुने प्रशासनले जनाएको छ । सडक अवरुद्धको कारण पश्चिमतर्फ बर्दघाट र पूर्वतर्फ दुम्कीबासमा लामो सवारी जाम छ ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully