पोखरामा ताया: मचा नृत्य प्रतियोगिता हुँदै

पोखरामा आगामी साउन ३१ मा ताया: मचा नृत्य प्रतियोगिता हुने भएको छ ।

श्रावण १७, २०८२

अनुप पौडेल

Taya in Pokhara: Macha dance competition is taking place

कास्की — कला, संस्कृतिको संरक्षण र पुस्ता हस्तान्तरणको उद्देश्यले नेवा: खल: कास्कीको आह्वान र नेवा: खल: शिशुवाको आयोजनामा पोखरामा आगामी साउन ३१ मा ताया: मचा नृत्य प्रतियोगिता हुने भएको छ ।

प्रत्येक वर्ष फरक फरक ठाउँमा हुँदै आएको कास्की जिल्लास्तरीय प्रतियोगिताको २६ औं संस्करण यस वर्ष पोखरा महानगरपालिका-३० शिशुवामा हुने भएको हो ।

प्रतियोगितामा ३५ टिम सहभागी हुने मूल आयोजक समिति संयोजक अर्जुनकुमार ताम्राकारले शनिबार आयोजित पत्रकार सम्मेलनमा बताए ।

प्रतियोगितामा महिला र पुरुषका छुट्टाछुट्टै तायाः मचा समूहले प्रतिस्पर्धा गर्नेछन् । पुरुषतर्फ प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११, द्वितीय हुनेले ७७ हजार ७ सय ७७, तृतीय हुनेले ५५ हजार ५ सय ५५ र चौथो हुनेले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने संयोजक ताम्राकारले जानकारी दिए । महिलातर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः ४० हजार, ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी टिमलाई १५-१५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप दिइनेछ ।

प्रतियोगितामा अघिल्लो वर्ष प्रतिस्पर्धी २८ र सहभागी २ गरेर ३० टिम सहभागी थिए । 

अनुप

Link copied successfully