श्रीमान्‌को हत्या आरोपमा श्रीमती पक्राउ

श्रावण ८, २०८२

प्रतीक्षा काफ्ले

Wife arrested for murder of husband

स्याङ्जा — वालिङ नगरपालिका–८ कटेज नमुनाटोलका ४९ वर्षीय खुमानन्द लामिछानेको हत्या आरोपमा बिहीबार कान्छी श्रीमती रञ्जिता लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । खुमानन्दको २०८० वैशाख २२ गते मृत्यु भएको थियो । 

प्रहरीले तत्काल प्रारम्भिक अनुसन्धान गर्दा खुमानन्दले विष सेवन गरेको खुलेको थियो । कान्छी श्रीमतीका गतिविधि शंकास्पद भएपछि वडा प्रहरी कार्यालय वालिङबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले रञ्जितालाई वालिङ बजारको मोडस्थित लुकेर बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।  

रन्जिताले श्रीमान‍्लाई खानामा विष राखेर खुवाएको खुल्न आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी दधिराम न्यौपानेले जानकारी दिए । पक्राउ परेकी लामिछानेलाई जिल्ला अदालत स्याङ्जामा कर्तव्य ज्यान मुद्दामा मुद्दा दर्ता गरी १० दिनको म्याद थप गरिएको एसपी न्यौपानेले बताए ।

प्रतीक्षा

Link copied successfully