स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्वार्थ राजमार्ग अवरुद्ध

श्रावण ८, २०८२

प्रतीक्षा काफ्ले

Siddharth highway blocked due to landslides in Balupahad of Syangja

स्याङ्जा — स्याङ्जाको भालुपहाडस्थित पहिरो खस्दा सिद्वार्थ राजमार्गको स्याङ्जा सडक खण्ड अवरुद्ध बनेको छ।

बिहीबार बिहान ४ बजेदेखि पहिरो खसेको प्रत्यक्षदर्शीले बताएका छन् । यसभन्दा अघि पटकपटक पहिरो जाने र खाल्डाखुल्डी पुर्नका लागि रातो माटो हाल्दा हिलो र धुँलोले यात्रा गर्न कठिन हुने गरेको स्थानीय आँधीखोला गाउँपालिका-३ विचारीचौताराका विष्णु पौडेलले बताए ।

पोखरातर्फ र स्याङ्जा बजारतर्फबाट आउने सवारीको चाप बढेको हुँदा अहिले कयौं यात्रु अलपत्र परेका हुन् । उता प्रहरीले बाटो पन्छ्याउनको लागि जेसिबी पठाएको बताए पनि प्रत्यक्षदर्शी पौडेलले नआइसकेको बताएको छ ।

स्याङ्जा प्रहरी प्रमुख दधिराम न्यौपानेले तत्काल बाटो खुलाइ सवारी साधन एकतर्फी भए पनि चलाउने र दिउँसो ग्राभेल राख्ने गरी सडक डिभिजन पोखरासँग फोन सम्पर्क भएको जानकारी दिए । 

प्रतीक्षा

Link copied successfully