नवलपुर — कालीगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा सडक अवरुद्ध भएको छ । गैंडाकोट नगरपालिका-३ हिउँदे खोलानजिकै मंगलबार बिहान सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
कालीगण्डकी करिडोरअन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोटमा सडक अवरुद्ध भएको छ । गैंडाकोट नगरपालिका-३ हिउँदे खोलानजिकै मंगलबार बिहान सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
अवरुद्ध भएको सडक खोल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए । पहिरोका कारण गैंडाकोट हुँदै पाल्पा जाने र पाल्पाबाट गैंडाकोट, चितवन आउने यात्रु अलपत्र परेका छन् ।
पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा लामो समय सवारी जाम हुने र धुलो, हिलोले गर्दा यात्रा कष्टकर हुने हुँदा वैकल्पिक मार्गका रूपमा कालिगण्डकी करिडोरमा पछिल्लो समय सवारी साधनको चाप बढेको छ ।
