पूर्वीनवलपरासी — पूर्वीनवलपरासीको त्रिवेणीधामस्थित नारायणी नदी किनारमा रहेको शिवालयघाटमा हरेक वर्ष साउनमा भारतीय पर्यटकको आगमन हुने गरेको छ ।
यस महिना त्रिवेणीधाममा रहेका मठमन्दिरमा आएर रात बिताउने र भोलिपल्ट बिहानै नारायणी नदीको जल लगेर नजिकको शिवालय मन्दिरमा चढाउनाले पुण्य मिल्ने विश्वासका साथ उनीहरु यहाँ आउने गर्छन् । भारतीय पर्यटककै कारण त्रिवेणीस्थित दर्जनौं मठमन्दिरमा हरेक दिन भीड लाग्छ । मंगलबार राति मन्दिर परिसर र नदी किनारमा खुला आकाशमुनि विश्राम लिएका भारतीय भक्तजनहरुको ठूलो संख्यामा देखिन्थे ।
त्रिवेणीधामका भक्तजनलाई लक्षित गर्दै यहाँ पहेला बस्त्र, माला, जल लैजाने जर्किन, शिवलिङ, रङ बेच्ने पसल रातभर नै खुला हुने गरेका छन् ।
![Indian Devotees at Shivalayghat on Narayani Kinar [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/5-2272025065548-1000x0.jpg&w=1001&h=0)