गोरखा — भिमसेन थापाको जन्मजयन्तीको अवसरमा साउन ९ गते शुक्रबार भिमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
नेपालका प्रथम मुख्तीयार भिमसेन थापाको २५१ औं जन्म जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
गत असार ३२ गते गाउँकार्यपालिकाबाट निर्णय गरेर सार्वजनिक बिदा दिने निर्णय भएको थियो । शुक्रबार गाउँपालिका कार्यालय तथा मातहतका कार्यालयहरु बिदा रहने पनि सार्वजनिक सूचनामार्फत गाउँपालिकाले जनाएको छ ।
