What you should know
कास्की — निरन्तरको भारी वर्षाले हुनसक्ने बाढी–पहिरोको जोखिम नियन्त्रणको उद्देश्यले सिद्धार्थ राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले आइतबार अपराह्न ४ बजेदेखि राजमार्गमा अत्यावश्यकबाहेक सवारी चलाउन रोक लगाएको हो ।
कास्कीको छोरेपाटनमा प्रहरी चेकपोष्ट छ र त्यहाँबाट सवारी स्याङ्जातर्फ जान पाउने छैनन् । स्याङ्जा हुँदै कास्की आउने सवारीलाई भने कुनै रोक नरहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए । ‘राजमार्गअन्तर्गत कास्की खण्डमा जोखिम छैन । स्याङ्जातर्फ हुनसक्ने जोखिमलाई हेरेर सूचना जारी गरिएको हो,’ उनले भने ।
अत्यावश्यकबाहेक सवारी चलाउनुपर्ने भएमा नजिकको सुरक्षा निकायसँग समन्वय गर्न प्रशासनले आग्रह गरेको छ ।
