गोरखामा मनसुनभर रात्रिकालीन समयमा अतिआवश्यक बाहेकका सवारी चलाउन रोक

श्रावण ४, २०८२

हरिराम उप्रेती

Ban on non-essential vehicles at night during monsoon in Gorkha

What you should know

गोरखा — जिल्लाको ग्रामीण क्षेत्रमा मनसुन अवधिभर रात्रीकालीन समयमा अति आवश्यकबाहेकका सवारी संचालनमा रोक लगाइएको छ ।

समन्वय समितिको आइतबारको बैठकले अविरल पानी परिरहेको अवस्थामा गोरखा क्षेत्रमा पर्ने राजमार्गमा समेत रात्रीकालीन यातायात पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको हो । 

ग्रामीण क्षेत्रको १४ रुटमा चल्ने सवारीलाई पनि मनसुन अवधिभर चल्ने ठाउँ तोकिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए । ‘बाटो अप्ठ्यारो रहेको क्षेत्रमा सवारी नचलाउन भनेका छौं,’ उनले भने,‘मनसुनको समयमा आउन सक्ने बाढी, पहिरोका कारण सडक/राजमार्ग अवरोध हुन सक्छ, सवारी साधन संचालन गर्दा बाटो माथिबाट आउन सक्ने, पहिरो नदेखिने र ठूलो दुर्घटना हुनसक्ने परिस्थितिलाई मध्यनजर गरेर सुरक्षा सावधानी अपनाउन भनेका हौं ।’ 

सडकमा पहिरो गएको खण्डमा तत्काल खुलाउन उपकरण सहितको प्रबन्धका लागि तोकिएको निकायहरुमा भनिएको उनले बताए । बाढी पहिरोका सूचना जतिसक्दो छिटो नजिकका सुरक्षा निकायलाई प्रदान गर्न पनि आग्रह गरिएको छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully