एमाले कास्कीको भेलामा उठ्यो भूमिमन्त्रीलाई कारबाहीको विषय

श्रावण ३, २०८२

अनुप पौडेल

In the Kaski meeting, UML raised the issue of taking action against the land minister

What you should know

कास्की — पोखराको बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा भूमाफियालाई दिलाउने योजनाअनुसार छोरामार्फत ३२ लाख रुपैयाँ घूस बुझेको आरोप लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई कारबाही गर्नुपर्ने विषय एमाले कास्कीको जिल्ला भेलामा उठेको छ ।

शनिबार आयोजित भेलामा बोल्ने क्रममा पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज कृष्णबहादुर थापा र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले बिचौलियासँग मिलेर पार्टीलाई बद्नाम गर्ने व्यक्तिलाई मन्त्रीबाट हटाउने र पार्टीबाट कारबाही गरिनुपर्ने माग गरेका हुन् । दुवैले मन्त्री अधिकारीको नाम भने लिएका थिएनन् । `बिचौलियासँग मिलेर सरकार र पार्टीलाई बद्नाम गर्ने व्यक्तिले राजीनामा दिनु उचित हुन्छ । पार्टीले पनि त्यस्ता व्यक्तिलाई कारबाही गर्नुपर्छ भन्ने विषय उठेको हो,´ जिल्ला उपाध्यक्ष भेषराज बरालले भने, `बोल्ने क्रममा विषय उठ्यो । थप केही भएन ।´

भेलामा एमालेमा आबद्ध बिचौलिया सुजन लामालाई पनि कारबाही गर्नुपर्ने विषय वक्ताबाट उठेको थियो । लामा हाल एमाले प्रदेश कमिटीको सल्लाहकार परिषद् सदस्य रहेको र सम्बन्धित कमिटीले कारबाही नगरे जिल्लाले गर्ने अध्यक्ष अधिकारीले बताएका थिए । लामालाई कारबाहीका लागि एकपटक प्रदेश कमिटीलाई मौखिक आग्रह गरिने उनको भनाइ थियो ।

कास्कीबाट पार्टी सदस्यता लिएका लामा एमाले प्रदेश कमिटीका पूर्वसदस्य हुन् । २०८० असोजको दोस्रो प्रदेश अधिवेशनमा उनी सदस्यमा पराजित भएका थिए । यसपछि उनी सल्लाहकार परिषद्मा मनोनीत भए ।

जिल्ला कमिटीले बैनबहादुर गुरुङ, केशव आचार्य र शोभामोहन पौडेलको नाम सिफारिस गरेको थियो । त्यसमा प्रदेश कमिटीले पुन र अर्का नेता दीपक पौडेलको नाम थपेर सिफारिस गरेको थियो । एमाले प्रदेश कमिटी सदस्य रहेको भन्दै पुनको नाम पनि सिफारिस गरिनुपर्ने लबिइङमा लामा सक्रिय थिए ।

पुन तिनै नेता हुन् जसलाई आयोगको कास्की अध्यक्ष बनाएर आफू अनुकूल निर्णय गराउने योजनामा बिचौलिया लामा थिए । पुनलाई नै अध्यक्ष बनाउन उनले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्थामन्त्री अधिकारीलाई घुस प्रस्ताव गरेका थिए । 

अनुप पौडेल

Link copied successfully