नवलपरासी — कांग्रेस केन्द्रीय अनुशासन समितिले पश्चिम नवलपरासी कांग्रेसका प्रवक्ता राधेश्याम पाठकसँग स्पष्टिकरण सोधेको छ । अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले ६ दिनअघि पत्र लेखेर पाठकलाई स्पष्टीकरण सोधेका हुन् ।
चार महिनाअघि पाठकले आफ्नो फेसबुक स्टाटसमा पार्टी नेतृत्वप्रति ब्यंग गरेको विषयमा ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । 'यही असार २७ गते मलाई एउटा पत्र पठाएर बिनाकारण स्पष्टीकरण सोधेका छन् । जुन हास्यापद र बेतुकको छ,' पाठकले भने,'हाम्रो कांग्रेस पार्टी कति तल झर्यो हेर्नुस् त !' उनले गठबन्धन सरकारलाई ब्यंग्य गरेर लेखेको आधारमा केन्द्रले स्पष्टीकरण सोध्नुमा केन्द्रीय सदस्य देवेन्द्र कँडेललाई दोष दिएका छन् ।
पाठक कांग्रेस पश्चिम नवलपरासीका महासमिति सदस्य र पार्टीका जिल्ला प्रवक्ता हुन् ।
