मिनी ट्रकमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

असार ३०, २०८२

सम्झना रसाइली

Scooter driver dies after scooter collides with mini truck

तनहुँ — पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१ अम्रेनीमा सोमबार दिउँसो रोकिराखेको मिनी ट्रकमा स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

तनहुँको डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग २२ प ३९८९ नम्बरको स्कुटर सडकखण्डको बायाँपट्टि रोकिराखेको बा १ क ८७१४ नम्बरको मिनी ट्रकमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

दुर्घटनामा परी व्यास नगरपालिका–१२ छिर्कने बस्ने अन्दाजी २५/३० वर्षीय सागर न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। स्कुटरमा सवार सोही ठाउँ बस्ने ६० वर्षीय कृष्णमाया पन्त घाइते भएकी छन्।

घाइते न्यौपानेलाई रत्नहरी अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका छन् भने घाइते पन्तलाई थप उपचारका लागि गण्डकी मेडिकल अस्पताल, पोखरा पठाइएको छ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully