गोरखा — चुमनुव्री गाउँपालिका–३ सिर्दिवासका ३५ वर्षीय थरपुन गुरुङको भीरबाट लडेर मृत्यु भएको छ । मंगलबार चुमनुव्री–४ नामरुङबाट घर फर्कने क्रममा गुरुङ सम्पर्कविहीन बनेका थिए ।
इलाका प्रहरी कार्यालय लार्के गोरखाले उनको खोजि गरेको थियो ।
खोजतलासको क्रममा बुधबार मनास्लु पदमार्गको गोरेटो बाटोबाट करिब ३ सय मिटर तल भीरमा गुरुङ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए । घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
