काठमाडौँ — स्याङ्जा प्रहरीले जरबजस्ती करणी मुद्दामा अदालतबाट कैद र जरिवाना सजाय सुनाइएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत स्याङ्जाले जबरजस्ती करणी उद्योगको मुद्दामा तीन वर्ष ६ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएपछि फरार रहेका चापाकोट नगरपालिका–९ सुन्तलीटारका ५० वर्षीय ध्रुवराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार प्रहरीले पक्राउ गरी कैद भुक्तान र जरिवाना असुलको लागि जिल्ला अदालत स्याङ्जामा उपस्थित गराएको जिल्ला प्रहरीका निमित्त सूचना अधिकारी प्रवेश तिवारीले जानकारी दिए ।
प्रहरी निरीक्षक तिवारीका अनुसार जिल्ला अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन न्यायिक कारबाहीलाई पूर्णता दिई, सुरक्षित र न्यायपूर्ण समाज निर्माण सोचका साथ प्रहरीले फरार प्रतिवादी पक्राउ अभियान चलाएको छ । सो अभियान अन्तर्गत भण्डारीलाई पक्राउ गरिएको उनले बताए ।
