वर्षापछि दाउन्ने सडक फेरि ठप्प

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बीचमा १४ किलोमिटर लामो दाउन्ने सडकमा वर्षा हुनेबित्तिकै हिलाम्मे भएर गाडी फस्ने समस्या दोहोरिरहेको छ ।

असार १५, २०८२

नारायण शर्मा

After the rains, the road is blocked again

नवलपुर — वर्षापछि हिलाम्मे बनेको सडकमा गाडी फसेपछि नारायणगढ-बुटवल सडक खण्ड फेरि ठप्प भएको छ । आइतबार बिहानको वर्षापछि दाउन्नेमा गाडी फसेको र सवारीसाधन ठप्प भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक यादव ढकालले बताए । प्रहरीका अनुसार बिहान १२ बजेपछि यातायात अवरुद्ध भएको हो ।

ढकालका अनुसार दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर नजिकमा मालवाहक ट्रक फसेको छ । जसले गर्दा दुईतर्फी यातायात नै ठप्प भएको हो । 

पूर्वी नवलपरासीको दुम्कीबास र पश्चिम नवलपरासीको बर्दघाट बजारको बीचमा १४ किलोमिटर लामो दाउन्ने सडकमा वर्षा हुनेबित्तिकै हिलाम्मे भएर गाडी फस्ने अनि यातायात नै ठप्प हुने समस्यो दोहोरिरहेको छ । 

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले राजमार्ग स्तरोन्नतिको काम जिम्मा लिए पनि ६ वर्षसम्म सडक स्तरोन्नति पूरा गर्न सकेको छैन ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully