तनहुँ — तनहुँका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७ अर्ब ९३ करोड रुपैयाँको बजेट प्रस्ताव गरेका छन् ।
जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकाका गरी १० पालिकाले ७ अर्ब ९३ करोड ८१ लाख ५० हजार रुपैयाँको बजेट प्रस्ताव गरेका हुन् ।
जिल्लाको जेठो नगरपालिका व्यास नगरपालिकाले ४३ औं नगरसभामा एक अर्ब ७५ करोड ८४ लाख १९ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । यसैगरी, शुक्लागण्डकी नगरपालिकाले एक अर्ब २४ करोड ७६ लाख ३३ हजार ९६२ रुपैयाँ, भानु नगरपालिकाले ८८ करोड ५९ लाख ४ हजार रुपैयाँ र भिमाद नगरपालिकाले ६३ करोड ७२ लाख ६० हजार ३७० रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।
त्यस्तै, आँबुखैरेनी गाउँपालिकाले ६२ करोड ८ लाख २२ हजार ८३ रुपैयाँ, घिरिङ गाउँपालिकाले ४५ करोड रुपैयाँ, ऋषिङ गाउँपालिकाले ५२ करोड ४० लाख ९५ हजार ४४७ रुपैयाँ, म्याग्दे गाउँपालिकाले ६८ करोड ७६ लाख ३६ हजार रुपैयाँ, बन्दीपुर गाउँपालिकाले ६४ करोड ९० लाख ५ हजार रुपैयाँ र देवघाट गाउँपालिकाले ४७ करोड ७३ लाख ७५ हजार रुपैयाँको बजेट ल्याएका छन् ।
पालिकाहरुले प्रस्तावित नीति तथा कार्यक्रममा पुर्वधार विकास, उत्पादन, कृषि, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेका छन् ।
