श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने बागलुङ नगरपालिकाको नीति

असार ९, २०८२

प्रकाश बराल

Policy of Baglung municipality to join workers in social security fund

बागलुङ — बागलुङ नगरपालिकाभित्रका सबै श्रमिकलाई सूचीकरण गर्दै श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउने नीति लिएको छ। योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा श्रमिकहरूलाई आवद्ध गराउन नगरपालिकाले यस्तो नीति तय गरेको हो।

सोमबार बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले ल्याएको नीतिमा श्रमिकलाई परिचयपत्र वितरण गर्ने उल्लेख छ।

नगरपालिका भित्र काम गर्ने स्थानीय र बाहिरका श्रमिकको विस्तृत सूचीकरण गरिने उनको भनाइ छ। गत वर्ष २० जना श्रमिकको नमुना सूचीकरण गरेर नगरपालिकाले श्रमिकको लागत राख्ने र उनीहरूलाई सामाजिक सुरक्षामा जोड्ने प्रयास थालेको थियो। यो वर्ष भने नीतिगत रूपमा सम्बोधन गरेको हो । स्थानीय तहबाटै श्रम स्वीकृतिको प्रक्रिया पनि नगरपालिकाले थालेको छ ।

सामुदायिक पूर्वाधार विकास मार्फत् अल्पकालीन रोजगारी सिर्जना गर्ने, साना पूर्वाधारका योजनामा स्थानीय श्रमिकलाई नै रोजगारी दिने नीति छ । उद्योग वाणिज्य संघको सहकार्यमा त्यस्ता श्रमिकको लागत संकलन समेत गरिने भएको हो ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully