नवलपरासी — गएरातीदेखि महेन्द्र राजमार्गअन्तर्गत दुम्कीबासको विनयी खोला छेउमा अलपत्र परेका दुई हजार भन्दै धेरै यात्रुलाई स्थानियले निःशुल्क खाना खुवाएका छन् । राजमार्ग ठप्प हुँदा महेन्द्रराजमार्ग हुदै पूर्व पश्चिम हिडेका यात्रु दुम्कीवासमा अलपत्र परेका हुन् ।
स्थानिय पत्रकार विष्णु गौडेलले अलपत्र यात्रुहरुलाइ स्थानियले स्वेच्छिक सहयोग जुटाएर निशुल्क खाना खुवाएको बताए । अलपत्र यात्रुहरुलाई खाना खुवाउन स्थानियले चामल , दाल र तरकारी दिएका थिए । स्थानिय सुनिल खनालले बाटो सुचारु नहुन्जेल आफुहरुले खाना खुवाउने बताए । स्थानिय गणेश अधिकारीले यात्रुहरु लामो दुरीका धेरै यात्रुहरु अलपत्र परेको र कतिपय खर्चको अभावमा भोकै पर्ने भएपछि निशुल्क खाना खुवान सुरु गरिएको बताए ।
स्थानिय अनिल परियारले दुम्कीवासका रेडक्रसकर्मी, होटल ब्यबसायीले पनि यस काममा सघाइरहेको बताए । शुक्रवार बिहान ११ बजे सम्म २ हजार यात्रुलाई खाना खुवाइएको उनले बताए ।
