उपचारका क्रममा कैदीको मृत्यु

असार ५, २०८२

घनश्याम खड्का

Death of prisoner during treatment

म्याग्दी — प्रादेशिक अस्पताल बेनीमा उपचारका क्रममा कारागार कार्यालयका एक कैदीको मृत्यु भएको छ । मंगला गाउँपालिका-२ बाबियाचौरका अन्दाजी ५० वर्षीय शेरबहादुर विक बिहीबार दिउँसो जेलभित्रै अचानक बेहोस भई ढलेपछि कारागार प्रशासनले उपचारका लागि प्रादेशिक अस्पताल बेनीमा पुर्‍याइएकोमा साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । 

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बिहीबार दिउँसो २:३० बजे अचानक बेहोस भई ढलेपछि विकलाई उपचारका लागि अस्पताल पुर्‍याएको र थप उपचारका लागि पोखरा रिफर गर्ने तयारी भइरहँदा उनको मृत्यु भएको थियो । शव बेनी अस्पतालको शव गृहमा राखिएको र शुक्रबार परिवारलाई बुझाउने एवं धार्मिक परम्पराअनुसार दाहसंस्कार गर्ने तयारी भइरहेको छ ।

जबर्जस्ती करणी कसुरमा १९ वर्ष कैद तोकिएका विक २०७९ फागुनदेखि कारागार कार्यालय बेनीमा कैद भुक्तान गर्दै आएका थिए ।

घनश्याम खड्का खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully