जबर्जस्ती करणी अभियोगमा लमजुङका युवक मनाङमा पक्राउ

असार ३, २०८२

आश गुरुङ

A young man from Lamjung was arrested in Manang on charges of extortion

लमजुङ — लमजुङका एक जना युवक एक जना १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मनाङमा पक्राउ परेका छन् ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका ३, टुनीखर्क घर बताउने ३१ वर्षीय डुलबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डीएसपी हरि पौडेलले जानकारी दिए ।

निर्माणाधीन मनाङ मर्स्याङ्दी हाइडोपावरमा कार्यरत ती युवकलाई सोमबार बिहानपख १ बजेतिर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चामे लगिएको उनले बताए ।

मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका ९, दानक्युबाट पक्राउ गरिएका ती युवकलाई जिल्ला अदालतबाट सोमबार ७ दिनको म्याद थप गरी गुरुङविरुद्ध थप अनुसन्धान थालिएको डीएसपी पौडेलले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully