कास्की — पोखरा महानगरपालिका–१७ स्थित पार्दी खोलामा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् ।
धादिङ घर भइ पोखरा–१७ तितेपानी बस्ने अन्दाजी २६ वर्षीय सुरेश तामाङ पौडी खेल्दा डुबेर सोमबार राति बेपत्ता भएका हुन् । उनी फेवाबाँध पुलमुनि पौडी खेलिरहेका थिए ।
राति ७ बजेर ४० मिनेट जाँदा बेपत्ता उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।
घटनास्थल पोखराको फेवातालको बाँध पछाडि पर्छ । बाँधबाट छोडिएको पानी पार्दी खोला हुँदै पोखराको चर्चित पर्यटकीय गन्तव्य डेभिड फल्समा खस्छ ।
