कास्की — गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्न आर्थिक मामिलामन्त्री टकराज गुरुङ प्रदेश सभा पुगेका छन् ।
अल्लोको झोलामा बजेट वक्तव्य लिएर उनी प्रदेश सभा पुगेका हुन् । दिउँसो ४ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची भएपनि ४५ मिनेट ढिलो अर्थमन्त्री गुरुङ प्रदेश सभा पुगेका हुन् ।
मन्त्री गुरुङका स्वकीय सचिव विष्णु ढकालले अल्लोबाट बनेको उक्त झोला पोखरामै खरिद गरिएको बताए । अर्थमन्त्री र सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सँगै गएर झोला खरिद गरेका हुन् । `२ हजार रुपैयाँ आसपास परेको हो । पोखरामै किनिएको हो,´ ढकालले भने ।
अहिले बजेट भाषण जारी छ । आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ हाराहारीको बजेट सार्वजनिक गरिँदै छ ।
गत वर्ष भने अर्थमन्त्री गुरुङले कालो ब्रिफकेसमा बजेट वक्तव्य लगेका थिए ।
