बागलुङ — बुर्तिवाङ बजारदेखि यात्रु बोकेर गाउँ गैरहेको पिकअप जिप सडकबाट खेतमा खस्दा १ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेशको ०१–००१ च १७७५ नम्बरको जिप ढोरपाटन नगरपालिका-५ को बतासेडाँडामा शुक्रबार अपराह्न साढे ५ बजेतिर
सडकदेखि ५० मिटर खसेको प्रहरी नायव उपरीक्षक बसन्त पाण्डेले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट टोली पुगेको थियो । घाइतेलाई बुर्तिवाङ अस्पतालमा ल्याएर उपचार गराउने क्रम सुरु भएको छ ।
दुर्घटनास्थल सदरमुकामदेखि ९७ किमि पश्चिममा पर्छ ।
