लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

जेष्ठ २८, २०८२

प्रतीक्षा काफ्ले

Fugitive accused of drug case arrested

काठमाडौँ — लागूऔषध मुद्दामा जिल्ला अदालत स्याङ्जाको फैसलापश्चात फरार रहेका विरुवा गाउँपालिका–६ का ४० वर्षीय अमर गुरुङ पक्राउ परेका छन् ।

सोमबार भएको अदालतको फैसलाले उनलाई एक वर्ष एक महिना कैद र ६ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रवेश तिवारीका अनुसार सोही दिन पक्राउ परेका गुरुङलाई मंगलबार कैद भुक्तानका लागि जिल्ला अदालत स्याङ्जामा बुझाइएको छ ।

प्रतीक्षा

Link copied successfully