घाँस काट्ने क्रममा करेन्ट लागेर किशोरीको मृत्यु

जेष्ठ २७, २०८२

सम्झना रसाइली

Girl dies due to electrocution while cutting grass

तनहुँ — जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा सोमबार करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चित्रबहादुर कुमालकी १५ वर्षीय छोरी निर्मला रहेको जिल्ला प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी नायव उपरीक्षक अशोक थापा अनुसार घरभन्दा करिब ५ सय मिटर उत्तरतर्फ बारीमा रहेको पिपलको रुखको घाँस काट्ने क्रममा अचानक मेन लाईनमा छुन गई करेन्ट लागेर निर्मला घाइते भएकी थिइन् । घाइतेलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा लगिएको र उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully