बेगनास तालमा बेपत्ता व्यक्तिको शव फेला

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Body of missing person found in Begnas lake

कास्की — पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता भएका  व्यक्तिको शव फेला परेको छ । जेठ २५ गते साँझ कास्की जिल्लाको पोखरा महानगरपालिका-३१ माझीकुनास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा गोरखा जिल्ला सहिद लखन गाउँपालिका ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ बेपत्ता भएका थिए ।

श्रेष्ठ बेपत्ता भएको खबर प्राप्त भएपछि खोजतलासका लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ७ जना गोताखोरसहितको टोली परिचालन भएको थियो ।

सशस्त्र प्रहरी बल, नेपालका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सोमबार बिहान झन्डै ३५ फिट गहिराइमा श्रेष्ठको शव फेला परेको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully