एक महिनामा करोडभन्दा बढी मूल्यका सामान बरामद

जेष्ठ २४, २०८२

नारायण शर्मा

Goods worth more than crores seized in one month

नवलपरासी — जिल्ला प्रहरी कार्यालय परासीले गत एक महिनाको अवधिमा एक करोडभन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

पश्चिम नवलपरासीसँग सिमाना जोडिएको भारतीय नाकाबाट अवैध रुपमा भित्र्याइएका सामान प्रहरीका विभिन्न इकाइ र गस्ती टोलीले बरामद गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरदत्त पन्तका अनुसार एक महिनाको अवधिमा १ करोड ९ लाख ७४ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद भएको हो । बरामद भएको सामानमा सबैभन्दा धेरै मोबाइलमा प्रयोग हुने ग्लास, कभर एयरफोन छन् । 

त्यसैगरी, २६ लाख ५९ हजार रुपैयाँ बराबरको भूइँमा बिच्छ्याउने टायल लगायतका सामान छन् । प्रहरीका अनुसार १२ लाख ५४ हजारभन्दा बढीको किरानाका सामान, ८ लाख ७७ हजारभन्दा बढी मूल्यको फेन्सी सामान, २ लाख ८६ हजार मूल्यको पशुपन्छीजन्य वस्तु, १ लाख ६३ हजार रुपैयाँ बराबरका पित्तलका मूर्ति र २ लाख ६५ हजारभन्दा बढीको हार्डवेयर लगायतका सामान बरामद भएको सूचना अधिकारी पन्तले बताए । ती सामान भन्सार कार्यालय पठाइएको छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully