तनहुँमा बसको ठक्करबाट एकको मृत्यु

जेष्ठ २१, २०८२

सम्झना रसाइली

One person died in a bus collision in Tanahun

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार दिउँसो बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की माछापुच्छ्रे गाउँपालिका–४ का २४ वर्षीय सरोज पौडेल रहेको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी गराए ।

थर्पुबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ९३९९ नम्बरको बस र विपरित दिशाबाट जाँदै गरेको ग१७प ५१४६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले बताए ।

दुर्घटनामा घाइते भएका सरोजलाई उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए । उक्त बसका चालक शुक्लागण्डकी नगरपालिका-१० का ३४ वर्षीय तारापति शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully