दुम्कौलीमा एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकको मृत्यु, सात जना घाइते

जेष्ठ १९, २०८२

नारायण शर्मा

One killed, seven injured when an ambulance and a school van collided in Dumkauli

नवलपरासी — पूर्वी नवलपरासीको दुम्कौली चोकमा बिरामी बोकेको एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय रजहरका अनुसार सोमबार बिहान भएको दुर्घटनामा परेर स्कुलको भ्यानका चालक कुलप्रसाद सुवेदीको मृत्यु भएको हो । उनी ५२ वर्षका थिए ।

One killed, seven injured when an ambulance and a school van collided in Dumkauli

बिरामी बोकेर नारायणगढतर्फ जाँदै गरेको एम्बुलेन्स र दिव्य एकेडेमी स्कुलको विद्यार्थी ओसार्ने भ्यान ठोक्किएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइतेहरूको उद्धार गरेर उपचारका लागि पठाएको प्रहरीले जनायो ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully