लमजुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ जना घाइते

जेष्ठ १६, २०८२

अनुप पौडेल

Bus accident coming from Lamjung to Pokhara, 19 people injured

कास्की — लमजुङबाट प्रदेश राजधानी पोखरा आउँदै गरेको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । मध्यनेपाल नगरपालिका–७ रामबजारबाट छुटेको ग १ ख ४१०१ नम्बरको बस शुक्रबार बिहान ११ बजे कास्कीको रुपा गाउँपालिका–१ च्यार्पेमा दुर्घटना भएको हो । 

उक्त बसमा २३ जना सवार रहेकोमा १९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । घाइतेमध्ये मध्यनेपाल–७ रामबजारकी ८२ वर्षीया मेनुकादेवी घिमिरेको अवस्था गम्भीर छ ।

उनको दायाँ हात भाँच्चिएको छ भने दुवै खुट्टामा चोट लागेको छ ।  अन्य घाइतेको अवस्था सामान्य छ । घाइतको कम्मर र ढाडमा चोट लागेको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारपछि केही घाइते घर फर्किसकेका छन् । उकालोमा बसको ब्रेक पाइप फुटेर ब्रेक नलाग्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । 

अनुप पौडेल

Link copied successfully