मुग्लिन–पोखरा सडकमा ‘स्पिड लिमिट’ कति ?

जेष्ठ १२, २०८२

नारायण शर्मा

How much is the 'speed limit' on the Muglin-Pokhara road?

पोखरा — धेरै घुम्ती रहेको मुग्लिन–पोखरा सडकमा कति स्पिडसम्म गाडी हुइँक्याउन पाइन्छ होला भनेर धेरैलाई जानकारी नहुन सक्छ । सडक विभागले यो पृथ्वी राजमार्गमा प्रतिघण्टा ६० को स्पिडमा मात्र गाडी हुइँक्याउन पाइने भनी स्पिड लिमिट तोकेको छ । सयौँ घुम्ती रहेको यो सडकमा प्रतिघण्टा ६० किलोमिटरको स्पिडमा मात्र सवारी हुइँक्याउँदा दुर्घटना न्यूनीकरणमा सघाउने विभागको विश्वास छ ।

स्पिड लिमिट गर्ने संकेत चिह्न राख्ने काम सुरु भएको छ । पहिलो चरणमा राजमार्गको भुइँमा मार्किङ लाइन (सेतो र पहेँलो संकेत चिह्न) कोर्ने काम भइरहेको छ । त्योभन्दा बढी स्पिडमा सवारी हुइँक्याउने चालकले ठाउँ ठाउँमा स्पिड गन लिएर ढुकेर बस्ने ट्राफिक प्रहरीलाई जरिवाना तिर्नपर्छ ।

'यो राजमार्गमा सयौं घुम्तीहरू छन् यहाँ प्रतिघण्टा ६० किलोमिटरका दरले मात्र गाडी दौडाउन पाइने छ,' आयोजना निर्देशक इन्जिनियर चुडाराज ढकालले भने, '९० किलोमिटर लामो यो सडकको पूर्वी खण्ड आउँदो असार २९ गते अगावै निर्माण सम्पन्न हुने छ । राजमार्गको भुइँमा पहेँलो र सेता धर्साका संकेत (रोड मार्किङ) चिह्न तान्ने काम भइरहेको छ ।'

How much is the 'speed limit' on the Muglin-Pokhara road?

ठाउँ ठाउँमा ६० किलोमिटर प्रतिघण्टा लेखिएका र दायाँ बायाँ घुम्नुहोस् भन्ने ट्राफिक संकेत चिह्न लेखिएका पोल ठड्याइँदै छ । तनहुँको जामुनेदेखि पूर्व आँबुखैरेनी सम्मको साढे ४१ किलोमिटर सडकमध्ये ३९ किलोमिटर सडक निर्माणको काम सम्पन्न भइसकेको छ । यो खण्डमा पर्ने दमौली र डुम्रे बजारमा ६ लेनको सडक निर्माण सकिएको छ । ती दुई मुख्य बजार क्षेत्र बाहेक हरेक राजमार्ग २, २ लेनको (जम्मा ४ लेनको) हुने छ ।

How much is the 'speed limit' on the Muglin-Pokhara road?

पृथ्वीराजमार्गको पूर्वी खण्डका सूचना अधिकारी विष्णु पाण्डेका अनुसार यो खण्डको राजमार्ग आउँदो असार २९ गते अगावै निर्माण सकिने छ । पूर्वी खण्डको सडक निर्माणको लागत ६ अर्ब २१ करोडको लागतमा काम भइरहेको हो । यो खण्डमा अब साढे २ किलो मिटर मात्र सडक कालोपत्रे गर्न बाँकी रहेको छ । त्यहाँ धमाधम काम भइरहेकाले तोकेको मितिमा काम सम्पन्न हुने अपेक्षा छ ।

How much is the 'speed limit' on the Muglin-Pokhara road?

पूर्वी खण्डमा पर्ने १८ वटा पुलमध्ये १७ वटा निर्माण सम्पन्न भइसकेको छ । दमौली बजारबाट उत्तरतर्फको मादी खोलामा निर्माणाधीन पुल अर्को वर्षसम्म तयार हुने छ । जामुनेदेखि पोखराको सेती पुलसम्मको पृथ्वीराजमार्गको पश्चिम खण्ड निर्माणाधीन अवस्थामा रहेको छ । यो पश्चिम खण्डको काम आगामी माघसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पश्चिम खण्ड सडकका प्रमुख इन्जिनियर कृष्ण कुँवरका अनुसार यो खण्डमा ३८ दशमलव ८८ किलोमिटर सडक पर्दछ । यो खण्डमा धेरै बजार क्षेत्र पर्ने भएकाले करिब १९ किलोमिटर सडक ६ लेनको हुने छ ।

How much is the 'speed limit' on the Muglin-Pokhara road?

त्यसबाहेक करिब २१ किलोमिटर राजमार्ग २, २ लनेको निर्माण भइरहेको छ । राजमार्ग निर्माणको ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पश्चिम खण्ड राजमार्ग निर्माणको काम ७ अर्ब ४० करोडमा ठेक्का लिएको हो । पश्चिम खण्डका १२ वटा पुलमध्ये १० वटाको निर्माण सम्पन्न भइसकेको छ ।

हरेक ५ सय मिटरमा जेब्रा क्रसिङ भएका कारण राजमार्ग सर्भे गर्दा नै यहाँको स्पिड लिमिट प्रतिघण्टा ६० किलोमिटर तोकिएको हो । त्योभन्दा बढी गतिमा गाडी हुइँक्याउँदा दुर्घटनाको जोखिम बढ्नसक्ने भएकाले स्पिड लिमिट तोकिएको हो ।

How much is the 'speed limit' on the Muglin-Pokhara road?

राजमार्गका सयौं मोडहरु घटाएर राजमार्ग सिधा बनाउन सडक निर्माण लागत बढ्ने भएकाले घुम्ती बढेका हुन् । 'घुम्तीको संख्या घटाउन राजमार्ग सिधा निर्माण गर्नपर्ने हुन्छ त्यसो गर्दा राजमार्ग निर्माणको लागत रकम बढ्छ,' इन्जिनियर कुँवरले भने, 'त्यसै कारण ६० को गतिमा मात्र गाडी हुइँक्याउँदा दुर्घटनाको जोखिम घटाउन सकिन्छ भन्ने सर्भे भएको हो ।' यो राजमार्गको सुरु डिजाइन सर्भे गर्दा यो खण्डमा दैनिक २ हजारदेखि ५ हजार गाडी आउजाउ गर्ने ट्राफिक सर्भे भएको छ । पर्यटकीय राजधानी पोखरा पुग्ने यो सडकमा आगामी १५ वर्षपछि दैनिक १५ हजारभन्दा धेरै गाडी ओहोरदोहोर गर्ने प्रारम्भिक अनुमान छ ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully