बस र टिपर ठोक्किँदा ७ जना घाइते

जेष्ठ ६, २०८२

सम्झना रसाइली

7 people injured when bus and tipper collided

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ गोरेचौतारा नजिक मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँ अनुसार बस र टिपर ठोक्किँदा सात जना घाइते भएका हुन् ।

रुकुम–पश्चिमबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख४१५२ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१–००१ अ–यो ००२७ नम्बरको टिपर ठोक्किँदा बसमा सवार ६ जना र टिपर चालकसहित सात जना घाइते भएको जिल्ला प्रहरी नायब उपरीक्षक अशोक थापाले बताए । 

घाइतेमध्ये एक जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको भने बाँकी घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । 

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully